
१४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ विरुद्धको लडाईंमा नेपाल नयाँ चरणमा प्रवेश गरेको बताएका छन् ।
बुधबार बालुवाटारमा आयोजित कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले सुरुवाती समयभन्दा खोपपछि कोरोनाविरुद्धको लडाइँमाथि उठाएको बताए । उनले कोरोना महामारीमा खटिएका सबैको प्रशंसासमेत गरे ।
प्रतिक्रिया दिनुहोस