
१४ माघ, काठमाडौं । सरकारले करार सेवामा ४७ हजार कर्मचारी माग गरेको छ । राष्ट्रिय जनगणना, २०७८ मा तथ्याङ्क संकलन तथा सुपरीवेक्षण गर्ने कार्यका लागि केन्द्रीय तथ्याङ्क विभागले ४७ हजार कर्मचारी माग गरेको हो ।
विभागले ६० दिनभित्र दरखास्त पेश गर्न बुधबार जारी गरेको सूचनामार्फत अनुरोध गरेको छ ।
विभागका अनुसार सुपरीवेक्षक ८ हजार जना माग भएको छ भने गणक ३९ हजार माग गरिएको छ । आवेदन दिनेमध्येबाट निश्चित मापदण्डको आधारमा सर्टलिस्ट गरिने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस