
१४ माघ, काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका–९ हुमानेमा मंगलबार राति ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बा ३ ख ६१ ९९ नम्बरको ट्रक दक्षिणकाली-९ स्थित हुमानेमा ट्रक पल्टिँदा चालक र सहचालकको मृत्यु भएको हो ।
प्रहरीका अनुसार गएराती भएको दुर्घटनामा परी चालक मकवानपुरको थाहा नगरपालिकाका मोहनलाल रुम्बा र सहचालक अछाम घर भइ काठमाडौं बस्ने गुमबहादुर बुढाको मृत्यु भएको हो । दुर्घटनाको कारण भने खुलेको छैन ।
प्रतिक्रिया दिनुहोस