समाचार

उद्योग वाणिज्य महासंघको उद्योग समिति विस्तार

FNCCI Udhyog Samiti

१४ माघ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समिति विस्तार भएको छ । भरतराज आचार्यको सभापतित्वमा रहेको उद्योग समितिमा सहसभापति र सदस्यहरु थपेर विस्तार गरिएको हो ।

समितिको सहसभापतिमा महासंघको कार्यकारिणी समिति सदस्य सुशील थापा चुनिएका छन् ।

समितिका सदस्यहरुमा पञ्चकन्या ग्रुपका उज्जल श्रेष्ठ, प्लास्टिक तथा टेक्सटाइल इन्डष्ट्रिजका वीरेन्द्र साह, पेट्रोकेमिकल तथा नेपाल ग्यास इन्डष्ट्रिजका अध्यक्ष गोकुल भण्डारी, स्ट्राटेजिक म्यानेजमेन्ट एक्सपोर्टका आशिष शर्मा, प्रगति टेक्सटाइलका जीतेन्द्र लोहिया, नेपाल बोटलर वाटर इण्डष्ट्रिज एशोसिएसनका अध्यक्ष सुवास भण्डारी र नेपाल औषधि उत्पादक संघका विप्लव अधिकारी चुनिएका छन् ।त्यस्तै, समितिको आमन्त्रित सदस्यहरुमा सन्दीपकुमार अग्रवाल, अन्जन न्यौपाने, प्रतीक श्रीवास्तव, सुरज उप्रेती, धनप्रसाद लामिछाने, अमुल श्रेष्ठ, अभिशेक श्रेष्ठ, ईश्वर जीसी, प्रभात रुङटा, विराट शमसेर जबरा, कृष्ण फुयाल, पशुपति बहादुर खड्का, विमल रिजाल र विशेषविभु आचार्य चुनिएका छन् ।

यता समितिको सल्लाहकार सदस्यमा भने अग्नि सिमेन्टका डा. ई. तारा पोखरेल, ओम ग्यासका हरिप्रसाद पाठक, सम्रान्ट सिमेन्टका मुकुन्द तिमिल्सिना, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकार्यकारिणी समिति सदस्यद्वय रामशरण थपलिया र शैलेन्द्रलाल प्रधान चुनिएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस