समाचार

प्रदेश १ मा पनि सुरू भयो कोरोनाविरूद्धको खोप अभियान

vaccine province 1

१४ माघ, विराटनगर । प्रदेश १ का १९ वटा खोप केन्द्रबाट कोरोनाविरूद्धको खोप लगाउन सुरु गरिएको छ । प्रदेशका ८ वटा जिल्लामा बुधबार एकै पटक खोप सुरु भएको हो ।

विराटनगरको कोशी अस्पतालका प्रमुख  चुमनलाल दासलाई कोभिशिल्ड खोप लगाएर प्रदेशमा खोप अभियान सुरु गरिएको हो । यो खोप पहिलो चरणमा १ नम्बर प्रदेशका १४ वटा जिल्लाका ३५ हजार ५ सय ७६ जनालाई लगाइनेछ ।

आज पहिलो चरणमा ५८२ जना डाक्टरलाई खोप लगाउने तयारी गरिएको छ । मोरङ र सुनसरीमा ४/४ वटा खोप केन्द्र तय गरिएको छ भने झापामा ३ वटा खोप केन्द्र तय गरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस