समाचार

प्रतिनिधि सभा विघटनविरुद्ध माइतीघरमा सांसद्हरुको धर्ना

dharna maitighar

१४ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएको नेकपाको प्रचण्ड–माधव पक्षले बुधबारदेखि काठमाडौंको माइतिघरमा धर्ना दिएको छ ।

धर्नामा पार्टी नेता कार्यकर्ताका साथै संविधानसभा सदस्य, संघीय सांसद तथा प्रदेश सभा सदस्यहरु सहभागी बने । धर्नामा सहभागीहरुले ‘संसद् विघटन गर्न पाइँदैन, निरंकुशतन्त्र चाहिँदैन’ भन्ने प्लेकार्ड समेत प्रदर्शन गरेका थिए । प्रचण्ड–माधव पक्षले माघ १३ गतेबाट तेस्रो चरणका संघर्षका कार्यक्रम जारी राखेको छ ।

जसअन्र्तगत माघ १४ देखि २१ सम्म धर्ना कार्यक्रम जारी राख्ने कार्यक्रम रहेका छन् । त्यस्तै माघ १५,१६ र १७ क्रमशः बुटवल,विराटनगर र धनगडीमा तथा २८ गते काठमाडौमा विरोध प्रदर्शन र सभा आयोजना गर्ने तय भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस