समाचार

कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, मृतकको संख्या २०२० पुग्यो

covid 19 dead body

१४ माघ, काठमाडौं । नेपालमा कोरोना संक्रमणको कारण थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभर ३ नाको कोरोना संक्रमितको मृत्यु भएसँगै देशभर मृतकको संख्या २ हजार २० पुगेको छ ।

त्यस्तै, यो अवधिमा थप २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ३७५ जना पुगेको मन्त्रालयले जनाएको छ ।

बुधबार थप २४६ जना कोरोनामुक्त भएका छन् । योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६५ हजार ६९ जना पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस