समाचार

आगामी चुनावमा प्रचण्ड-नेपाल पक्षको १० सिट पनि नआउने ओलीको दाबी

kp oli

१४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा प्रचण्ड- नेपाल पक्षको १० सिट पनि नआउने दाबी गरेका छन् ।

बुधबार आफु निकट आदिवासी जनजाती महासंघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षको १० सिट पनि नजित्ने दाबी गरेका हुन् ।

उनले प्रचण्ड–माधव पक्ष सफलताको बाटोतर्फ नहिँडेर भिरको बाटो हिँडेको टिप्पणी पनि गरे ।

जनताले उक्त पक्षलाई कहिल्यै माफ नगर्ने प्रधानमन्त्री ओलीको भनाई छ । उनले वैशाख २७ गतेसम्म पुग्दा प्रचण्ड–माधव पक्ष बरफ पग्लिए जसरी पग्लिएर सकिने पनि बताए । प्रधानमन्त्री ओलीले आधिकारिक पार्टी आफुहरुको भएको बताए ।

विगतमा पार्टी र सरकार चलाउन नदिई खुट्टा तानिएको भन्दै उनले आगामी दिनमा नीतिगत तथा वैचारिक आधारमा पार्टी र सरकारलाई ठिक ढंगले चलाई पार्टीलाई एकढिक्का बनाई अघि बढाउने पनि बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस