
१४ माघ, काठमाडौं । लैनचौरबाट कटुवा पेस्तोलसहित एक पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी(एपिएफ)ले काठमाडौं महानगरपालिका-२६ लैनचौर क्षेत्रबाट बुधबार सिन्धुपाल्चोक भोटेचौर वडा नं ३ घर भई पेस्सीकोला टाउनिङमा बस्दै आएका कृष्ण चौँलागाईलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको हो ।
२८ वर्षीय कृष्णलाई महानगरीय प्रहरी वृत्त लैनचौर र सशस्त्र प्रहरी बलको टोलीले पक्राउ गरेको महानगरीय प्रहरी परिसरका एसपी रमेश बस्नेतले बताए । उनको साथबाट प्रहरीले एक थान पेस्तोल र एक राउन्ड गोली बरामद गरेको छ ।
प्रतिक्रिया दिनुहोस