
१४ माघ, काठमाडौं । घर/कोठा भाडामा लिन र दिन सजिलो मोबाइल एप ‘रेन्टास्टिक’ सार्वजनिक भएको छ । सूचना प्रविधिमा सक्रिय युवा सरद चन्दले उक्त मोबाइल एप्लिकेशन निर्माण गरेका हुन् ।
यो एपले पहिलो चरणमा काठमाडौंमा कोठा तथा फ्लाट खोज्न मद्दत गर्नेछ । साथै विचौलीयाहरुको ठगीबाट आम नगरिक मुक्त हुने बताइएको छ । ‘मैले काठमाडौंमा कोठा खोज्न धेरै दुःख पाए । फेसबुक ग्रुपमा आफूले कोठा खाजिरहँदा म जस्तै अरु मान्छेहरु पनि कोठा वा फ्ल्याट खोज्न अफ्ठ्यारोमा परेको थाहा पाए’, त्यसैले यो एपको निर्माण गरेको हुँ,’ उनले भने ।
सो एपबाट आफूलाई मन परेको र आवश्यकता भएको स्थान वा घर फिल्टर गरी खोज्न सकिनेछ । घरको ठेगाना, मासिक भाडा, कोठा वा फ्ल्याटको साइजअनुसार खोज्न सकिने गरी एपमा व्यवस्था गरिएको छ ।
घरमुली र कोठा खोज्नेकोबीच कुराकानी र जानकारी आदनप्रदान गर्न एपबाट सजिलै हुनेसक्ने उनको अनुमान छ । यो एपमा घरधनीहरुले पनि आफ्नो घरको कोठा भाडामा छ भनेर विज्ञापन पोष्ट गर्न सक्नेछन् ।