१४ माघ, काठमाडौं । ज्योति विकास बैंकको १३औं वार्षिक साधारणसभा आज बुधवार सम्पन्न भएको छ । भद्रकाली स्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काको सभापतित्त्वमा अनलाइन (भर्चुअल) प्रविधिमार्फत सम्पन्न भएको हो ।
उक्त साधारणसभाले बैंकको आर्थिक बर्ष २०७६/७७को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरेअनुसार शेयरधनीहरुलाई हाल कायम भएको चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले १० प्रतिशत बोनश शेयर पारित गरेपश्चात बैंकको चुक्ता पूँजी ३ अर्ब ८४ करोड ४८ लाख २३ हजार पुगेको छ ।
साथै, साधारणसभाले ज्योति विकास बैंक संस्थापक सेयरधनी समुहको तर्फबाट हरिप्रसाद, हरिचन्द्र खड्का ,सन्तोष अधिकारी तथा सर्वसाधारण सेयरधनी समुहको तर्फबाट नरेशराज आचार्य र ध्रुव कोइरालालाई आगामी ४ वर्षको लागि सञ्चालक समितिको सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ ।
बैंककाे वार्षिक साधारणसभाले आर्थिकवर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदनसहित २०७७ आषाढ मसान्तसम्मको वा सलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तिय विवरणहरू उपरछलफल गरी स्वीकृत गर्नुकासाथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।
ज्योतिविकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । हालसम्म बैंकले ३ लाखभन्दा बढि खाताबाट करिब ४६ अर्ब निक्षेप संकलन गरी २३ हजारभन्दा बढि ऋणीलाई करिब ३७ अर्ब लगानी गर्न सफल भएको छ ।