समाचार

कस्तो रहला आज दिनभरको मौसम ?

clear weather

१५ माघ, काठमाडौं । हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल तराईका भू–भागमा बाक्लो हुस्सु–कुहिरो लागेको छ भने बाँकी भू–भागमा मौसम सफा रहेको छ ।

बिहीबार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाको पुर्वानुमान रहेको छ ।

त्यस्तै, आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सफा रहनेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस