समाचार

मनमैजुबाट चोरीको मोटरसाइकलसहित एक जना पक्राउ

bike chori

१५ माघ, काठमाडौं । काठमाडौंको मनमैजुबाट चोरीको मोटरसाइकलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट सुर्यगढी गाउँपालिका ४ घर भई हाल तारकेश्‍वर नगरपालिका-८ जरंखु बस्ने ३३ वर्षीय बिष्णु तामाङ्ग छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले बुधबार मनमैजुबाट उनलाई पक्रेको हो । वास्तविक नम्बर प्लेट परिवर्तन गरी मोटरसाइकल चलाइरहेको अवस्थामा उनलाई पक्राउ गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।

महाशाखाले मोटरसाइकलसहित चोरीमा संलग्नलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त महाराजगन्ज पठाइएको जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस