
१५ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले प्रतिनिधि सभा भंग गर्ने सरकारको निर्णयविरुद्ध आगामी माघ २८ गते विशाल जनप्रदर्शन गर्ने निर्णय गरेको छ । बिहीबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको नेकपा केन्द्रीय संघर्ष समितिले आन्दोलनलाई अझ शसक्त बनाउने निर्णय गरेको नेता विष्णु रिजालले जानकारी दिए ।
पुस ५ गते प्रधानमन्त्री ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेपछि नेकपाको दाहाल नेपाल पक्षले चरणबद्ध आन्दोलनका कार्यक्रम गर्दै आएका छन् । उनीहरुले संसद पुनःस्थापनाको विकल्प नभएको बताउँदै देशव्यापी विरोध प्रर्दशन र आमसभा आयोजना गर्दै आएका छन् । बैठकलाई सम्बोधन गर्दै नेपाल दाहालले संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र समानुपातिक प्रणालीको रक्षाका लागि आन्दोलन अपरिहार्य रहेकाले जनपरिचालन विकल्प नरहेको उल्लेख गरे ।
उनीहरुले बढीभन्दा बढी जनता सडकमा ल्याउन पार्टीका तल्ला तहलाई निर्देशन दिइको रिजालले जानकारी दिए । यसअघि माघ ९ गते नेपाल दाहाल पक्षले काठमाडौंमा सरकारको गैर संवैधानिक कमदका विरुद्ध प्रर्दशन गरेको थियो ।