समाचार

रुपन्देहीमा जाडोले दुई दिन विद्यालय बन्द

Fog

१५ माघ, बुटवल । बाक्लो हुस्सु र अत्यधिक चिसो बढेका कारण रुपन्देहीको सैनामैनामा दुई दिन विद्यालय बन्द गरिएको छ ।

स्थानीय बिदाबाट कट्टी गर्ने गरी बिहिबार र शुक्रबार बिदा गरिएको सैनामैना नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले बताए ।

बालबालिकाको स्वास्थ्यलाई ध्यान दिँदै विद्यालय बन्द भएकाले सो निर्णय कार्यान्यवन गर्न विद्यालयलाई निर्देशन दिइएको छ । नगरपालिकामा कूल एक हजार ८३६ निजी तथा सार्वजनिक विद्यालय छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस