समाचार

ओलीले पशुपतिमा र दाहालले भैँसी पूजा गरेको फोटो सेयर गर्दै सूर्य थापाले यस्तो भने…

oli prachanda puja

१५ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीले पशुपतिनाथ मन्दिरमा पूजा गरेको र पुष्पकमल दाहाल प्रचण्डले भैंसी पूजा गरेको दुई वटा तस्विर आज सामाजिक सञ्जाल फेसबुकमा सेयर गरेका छन् ।

उनले भैँसी पूजा गर्नुलाई पशुपतिनाथ मन्दिरमा पुगेर विश्व शान्ति र मानव कल्याणको लागि पूजा गर्नुजस्तो स्वभाविक नमानिने उल्लेख गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा सेयर गर्दै उनले लेखेका छन् :

पहिलाे तस्बिर -प्रधानमन्त्री एवं पशुपति विकास काेषका संरक्षक केपी शर्मा ओलीेले माघ १२ गते बिहान ८:३० बजे श्री पशुपतिनाथ मन्दिरकाे भ्रमण, निर्माणकार्यकाे निरीक्षण एवं विशेष पूजा र दीप प्रज्वलन गर्नुभयाे । सुनकाे जलारी निर्माणकाे मन्दिरकाे याेजनामा जम्मा रहेकाे ६५ कराेड बजेटमा सरकारका तर्फबाट ३० कराेड उपलब्ध गराउने प्रतिबद्धताकाे घाेषणा गर्नुभयाे । पहिले पित्तल र तामाकाे जलारी रहेकाेमा अब १४१ किलाे सुनकाे जलारी निर्माणकाे सुनिश्चितता भएको छ । दैनिक हजारौं जनता श्रद्धाका साथ पूजाआजामा जाने पशुपतिनाथ मन्दिरमा उहाँकाे यस कार्यकाे सर्वत्र प्रशंसा भएकाे छ ।

दाेस्राे तस्बिर -पुष्पकमल दाहाल”प्रचण्ड” ले आफ्नाे शक्ति बृद्धिका खातिर सायद सुनसरीमा भैंसी पूजा गर्नुभएको थियाे ! भैंसी पूजा गर्नुलाई पशुपतिनाथ मन्दिरमा पुगेर विश्व शान्ति र मानव कल्याणकाे लागि पूजा गर्नुजस्ताे स्वभाविक मानिंदैन । बुझ्ने आआफ्नै स्तर हुन्छ । फरकचाहिं यत्ति हाे !

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *