समाचार

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

bike accident

१५ माघ, सप्तरी । पुर्व पश्चिम लोकमार्ग स्थित कोेशी ब्यारेजको नहरको बाटोमा ३ जना सवार मोटरसाईकल आज बिहान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना गम्भीर घाइते भएका छन् ।

बिग्रेर राखेको पुरानो रोलरमा पुर्व बाट पश्चिम तर्फ आउदै गरेको ३ जना सवार स. ३ प. ३०४७ न.को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक तिलाठी कोइलाडी गाउँपालिका-३ सकरपुरा निवासी ३० वर्षीय शिवकुमार मुखियाको मृत्यु भएको छ ।

मुखियासहित मोटरसाइकलमा सबार सोही ठाउाका २० वर्षीय रामकुमार मुखिया र २५ वर्षीय राम अवतार खंग घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि विराटनगर लगेकोमा शिवकुमारको सोही क्रममा मृत्यु भएको र बाँकी दुई जनाको उपचार त्यही भइरहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *