समाचार

छिमेकीको खुकुरी प्रहारबाट घाइते बनेकी कुमारीको उपचारमा समस्या

knife attack

१५ माघ, सोलुखुम्बु । छिमेकीको खुकुरी प्रहारबाट घाइते माप्यदूधकोशी गाउँपालिका–६ वाप्साकी ५५ वर्षीया कुमारी रेग्मी मगरको उपचारमा समस्या भएको छ । स्थानीय सूर्य रेग्मी मगरले आर्थिक सङ्कलन गरी मङ्गलबार उनलाई गाउँबाट जिल्ला अस्पताल फाप्लु उपचारमा ल्याएका थिए । फाप्लुमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं लानुपर्दा समस्या भएको उनको भनाइ छ ।

सोमबार दिउँसो घाँसको विषयमा विवाद हुँदा छिमेकी ७३ वर्षीय सिंहबहादुर रेग्मी मगरले खुकुरी प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए । उनका अनुसार खुकुरी प्रहारबाट महिलाको टाउको र दाहिने हातमा चोट लागेको छ । महिलाकी श्रीमान्ले दोस्रो विवाह गरी अन्यत्र गएको र छोराछोरी समेत नभएको हुँदा थप समस्या भएको बताइएको छ ।

खुकुरी प्रहार गर्ने वृद्धसमेत अपाङ्गता भएको र आर्थिक अवस्था कमजोर भएकाले उपचार खर्च बेहोर्न नसक्ने रहेको बताइएको छ । सिंहबहादुरलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस