समाचार

निर्वाचन आयोगले बोलायो नेकपाका दुबै पक्षका नेतालाई

nirwachan aayog election

१५ माघ, काठमाडौं । निर्वाचन आयोगले छलफलको लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै समूहलाई बोलाएको छ ।

आयोगले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शुक्रबार बिहान साढे ११ बजे निर्वाचनसम्बन्धी छलफल गर्न बोलाएको हो । छलफलमा अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी दुवै समूहका ५/५ जनालाई आयोगले बोलाएको छ ।

नेकपाको दुवै समूहले आफूलाई आधिकारिक दावी गर्दै आयोगमा दिएको थियो तर आयोगले दुवै पक्षको दाबी नपुग्ने बताएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस