
१५ माघ, काठमाडौं । नेपालका लागि सुजुकी ब्राण्डका गाडीको आधिकारिक विक्रेता तथा सीजी होल्डिंगको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले आउँदो माघ १७ गते शनिबार ‘सुपर स्याटरडे’को आयोजना गर्ने भएको छ । यो दिन सुजुकीका चारपाङ्ग्रेको खरिद गर्ने ग्राहकले विशेष अफर पाउनेछन ।
‘सुपर स्याटरडे’मा ग्राहकले आकर्षक नगद छुट, एक वर्षको निःशुल्क बीमा, आकर्षक एक्सचेञ्ज बोनस र निःशुल्क स्वामित्व हस्तान्तरणको सुविधा मोडेलअनुसार पाउनुहुनेछ । यो अफर माघ १७ गते एक दिनका लागि मात्र देशभरका सबै ३८ वटा डिलरसिपमा लागु हुनेछ । नेपालमा सुजुकी गाडीको सबैभन्दा ठूलो ‘प्रडक्ट रेञ्ज’ रहेको छ ।
हाल नेपालमा सीजी मोटोकर्पले सुजुकीको अल्टो, एसप्रेसो, सेलेरियो, वागन आर, इग्निस, स्विफ्ट, बलेनो, डिजायर, सियाज, भिटारा ब्रेजा, एसक्रस, अर्टिगा, एक्सएल सिक्स्, इको भ्यान, इको कार्गो र सुपर क्यारी गरी १६ वटा मोडेलको विक्री गर्दै आएको छ ।