
१५ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले श्री ३ हुन लागेका केपी शर्मा ओलीलाई लुम्बिनीले नै धराशायी बनाउने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध बिहीबार बुटवलमा आयोजित विरोध सभामा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।
‘श्री ३ माहाराजधिराज हुन चोहका केपीहरुलाई ओलीलाई लुम्बिनीले धराशायी बनाउने छ भन्ने विश्वास लिएको छु’ बुटवलमा उर्लिएको जनसागरमाझ प्रचण्डको भनाइ छ । प्रचण्डले जनताका अगाडि निरंकुशता, प्रतिगमन, असंवैधनिक र अलोकतान्त्रिक स्वेच्छाचारी कदमका विरुद्ध संघर्ष गरिरहेको भन्दै केपी ओली भन्ने एकजना व्यक्तिको विरोध नगरी गलत विचार, मान्यता र गलत विधिको विरोध गरिरहेको भनेर बुझ्न आग्रह गरे ।
‘यो केपी ओली भन्ने एकजना व्यक्तिको विरोधमा आयोजना गरिएको हो भनेर नबझ्नुस् । हामीले गलत विचार, मान्यता, विधि पद्धतिका विरुद्ध, सही विचारको पक्षमा, सत्य, न्याय र स्वतन्त्रता र लोकतन्त्रको रक्षाका निम्ति अपिल गर्न आएका हौ’ प्रचण्डको भनाइ छ ।