समाचार

उद्योग वाणिज्य महासंघले दियो पूर्व अध्यक्षहरुलाई छुट्टाछुट्टै जिम्मेवारी

udhyog banijya mahasang

१५ माघ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आफ्ना पूर्व अध्यक्षहरुलाई छुट्टाछुट्टै जिम्मेवारी तोकेको छ । बिहिबार बसेको महासंघको कार्यकारिणी समितिको बैठकले निवर्तमान अध्यक्षभवानी राणालाई सदस्यता समिति र नेपाल–इन्डिया जोइन्ट विजनेश फोरम हेर्ने जिम्मेवारी तोकेको छ ।

त्यस्तै, पूर्व अध्यक्ष महेशलाल प्रधानलाई सल्लाहाकार समिति, पद्यम ज्योतिलाई व्यावसायिक आचार संहिता फोरम, प्रदीप कुमार श्रेष्ठलाई एसिया–प्यासिफिक चेम्बर अफ कमर्श तथा इण्डस्ट्री महासंघ, रविभक्त श्रेष्ठलाई अनुशासन समिति, विनोद बहादुर श्रेष्ठलई नेपाल–चीन गैरसरकारी कोअपरेशन फोरम, कुशकुमार जोशीलाई विधान संशोधन समिति र सुरज बैद्यलाई अन्तर्राष्ट्रिय सम्बन्ध फोरमको जिम्मेवारी दिइएको छ ।

जिम्मेवरी पाएका पूर्व अध्यक्षहरुलाई आजै महासंघका वर्तमान् अध्यक्ष शेखर गोल्छाले जिम्मेवारीको औपचारिक पत्रसमेत हस्तान्तरण गरिसकेका छन् । जिम्मेवारी पत्र हस्तान्तरण गर्दै अध्यक्ष गोल्छाले महासंघको अझ वृद्धि विकास एव सफलताका लागि वर्तमान कार्यकारिणी समितिलाई पूर्व अध्यक्षहरुबाट महत्वपूर्ण सल्लाह, सुझाव र सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस