
१५ माघ, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले कोभिडको उच्च जोखिमका बेला पनि पार्टीका गतिविधि सञ्चालन गर्दा सावधानी अपनाउन आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता कोइरालाले स्वागत स्वरूप माला एवं खादा लगाइदिने काम बन्द गर्न आग्रह गरेका हुन् ।
‘हामी अझै पनि कोभिडको उच्च जोखिममा छौं । जोखिमकै बीचमा पार्टीका गतिविधि तथा कार्यक्रमहरू गर्नुपर्ने अवस्था छ,’ उनले लेखेका छन्, ‘कार्यक्रममा सबैले अनिवार्य रूपमा मास्क लगाउन तथा स्वागत स्वरूप माला एवं खादा लगाइदिने र फूल दिने काम बन्द गर्न पार्टीका सबै तहका साथीहरूमा आग्रह गर्दछु ।’
प्रतिक्रिया दिनुहोस