समाचार

अनुसन्धान विभागका सहायक सूचकको हत्यामा संलग्न किशोर पक्राउ

bibek pariyar

१५ माघ, काठमाडौं । बाँकेको नेपालगञ्जमा राष्ट्रिय अनुसन्धान विभागका सहायक-सूचक प्रविण थापा मगरको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ ।

नेपालगञ्ज उप–महानगरपालिका–१८ बस्ने २२ वर्षीय प्रबिणको यही माघ २ गते स्थानीय खेतबारीमा टाउको तथा अनुहारमा चोट लागि मृत अवस्थामा फेला परेका थिए । उनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले नेपालगञ्ज उप–महानगरपालिका–६, फुल्टेक्राका १८ वर्षीय बिवेक परियारलाई पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा बिवेकले थापाको हत्या गरी फरार भई भक्तपुरको चाँगुनारायण नगरपालिका–९, ताथलीमा लुकिछिपी बसेको पाइएको थियो । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलिले आज फेला पारी पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ ।

साथै आवश्यक कानूनी कारवाहीको लागि आजै जिल्ला प्रहरी कार्यालय, बाँकेमा पठाउने तयारी भइरहेको ब्यूरोले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस