समाचार

छोरी बलात्कारको आरोपमा एक व्यक्ति पक्राउ

bhola yadav

१५ माघ, जनकपुर । छोरीलाई बलात्कारगरेको अभियोगमा जनकपुरबाट एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका-५ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ जम्बुडाँडामा बस्ने ४५ वर्षीय भोला यादव रहेका छन् ।

उनीमाथि आफ्नी सौतेनी छोरीमाथि बलात्कार गरेको आरोप लागेको धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) मकेन्द्रकुमार मिश्रले बताए । युवतीकी आमा मंगलबार आफ्नो उपचार गराउन निस्किएको बेला आरोपितले उनलाई फोन गरेका थिए ।

फोन गरी कोठामा गएर छोरीको हालत देखिस् भनेर भनेपछि कोठामा गएर हेर्दा आफ्नो छोरीको घाउचोट लागेको र अचेत अवस्थामा फेला परेको भनेर बालिकाकी आमाले महानगरीय प्रहरी वृत्त बौद्ध काठमाडौंमा निवेदन दिएकी थिइन् ।

आमाले आफ्नी छोरीलाई सौतेनी बुवाले कुटपिट तथा बलात्कार गरेको भन्दै जाहेरी दिएकी थिइन् । वृत्तले उनको खोजी गरिदिन धनुषालाई पत्र पठाएको थियो । सोही पत्र अनुसार उनलाई प्रहरीले भारत भाग्न लागेको अवस्थामा जनकपुरधाम उपमहानगरपालिका -८ स्थित रामानन्द चोकबाट पक्राउ गरेको डिएसपी मिश्रले बताए ।

उनलाई पक्राउ गरी प्रहरीले बुद्ध एयरमार्फत् काठमाडौं पठाएको छ । पीडित युवतीको काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस