समाचार

पोखरामा छुट्टाछुट्टै स्थानमा २ पुरुष मृत अवस्थामा फेला

bead body tag

१५ माघ, पोखरा । पोखरामा दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन् । बिहीबार पोखराका २ छुट्टाछुट्टै स्थानमा २८ र ५५ वर्षका पुरुष मृत फेला परेको हुन् ।

पोखरा महानगरपालिका–१३ आर्वा अमलाचौरको सडकमा सोही स्थानका ५५ वर्षका दधिराम मृत अवस्थामा फेला परेको हाे । त्यस्तै पोखरा महानगरपालिका–२४ का २८ वर्षिय विरञ्जन तिमिल्सिनाको पोखरीमा डुबेकाे अवस्थामा भेटिएको प्रहरीले जनाइएको छ ।

यसबारे थप अनुसन्धान भइरहेकाे प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस