समाचार

आज २८ हजार ७३२ जनाले लगाए कोरोना विरुद्धको खोप, कसैमा समस्या छैन

covid vaccine

१५ माघ, काठमाडौं । कोरोना भाइरसविरुद्धको कोभिशिल्ड खोप अभियानको  दोस्रो दिन बिहिबार अर्थात आज  २८ हजार ७ सय ३२ जनाले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज साँझ ५ बजेसम्म ७७ जिल्लामा २८ हजार ७ सय ३२ जनाले खोप लगाएका हुन् ।

भारत सरकारले अनुदानमा कोरोनाविरुद्धको खोप स्वास्थ्य मन्त्रालयले पहिलो चरणको प्राथमिकतामा परेका व्यक्तिहरूलाई दिइरहेको छ । जसमध्ये प्रदेश १ मा तीन हजार ८७४, प्रदेश २ मा दुई हजार १७४, वागमती प्रदेशमा ११ हजार ४६१, गण्डकीमा चार हजार ८५३, लुम्बिनीमा दुई हजार ३०३, कर्णालीमा एक हजार ६७७ र सुदूरपश्चिममा दुई हजार ४१७ ले खोप लगाएका छन् ।

कोरोनाभाइरस विरुद्धको खोप अभियानको पहिलो दिन हिजो ९ हजार ८४ जनाले खोप लगाएका थिए ।

पहिलो चरणको खोपको प्राथमिकतामा सरकारले स्वास्थ्यकर्मीहरू, फोहोरमैला व्यवस्थापनमा खटिने फोहोर संकलक तथा चालकहरू, एम्बुलेसन्स तथा शव वाहन चालक तथा सहचालकहरु, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयं सेवकहरू वृद्धाआश्रममा रहेका व्यक्ति, हेरचाह तथा व्यवस्थापनमा खटिने कर्मचारीहरू जेलमा रहेका कैदी तथा सुरक्षाकर्मीहरू रहेका छन् ।

हालसम्म खोप लगाएका कुनै पनि व्यक्तिमा कुनै पनि स्वास्थ्य समस्या नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस