समाचार

प्रतिबन्ध लगाएको १९ महिनापछि पनि ‘इनर्जी ड्रिंक्स’ बजारमा छ्पाप्छ्याप्ती

drings

१६ माघ, काठमाडौं । इनर्जी ड्रिंक्स आयातमा सरकारले प्रतिबन्ध लगाएको १९ महिना बित्यो । प्रतिबन्धअघिनै आयातमा संलग्न व्यवसायीहरू आफ्नो स्टक सकिइसकेको बताउँथे । तर बजारमा भने विदेशी ब्रान्डका इनर्जी ड्रिंक्स सजिलै पाइन्छन् ।

सरकारले २०७६ असार २ मा राजपत्रमा सूचना प्रकाशित गरी इनर्जी ड्रिंक्सको आयात रोकेको थियो । विभिन्न व्यावसायिक संघ–संस्थाको आग्रहमा एलसी खोलेर मगाइसकेको सामान भने ल्याउन अनुमति दिइयो । सरकारले प्रतिबन्ध लगाएको १९ महिना भएको छ । प्रतिबन्धपछिको आर्थिक वर्ष ०७६र७७ मा अघिल्लो वर्षको तुलनामा एक चौथाइमात्र आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ । उक्त तथ्यांक प्रतिबन्ध लाग्नुअघि एलसी खोलिसकेको इनर्जी ड्रिंक्सको हो । भारतबाहेक तेस्रो मुलुकबाट चलान भएको सामान नेपाल भित्रिन ३० देखि ४५ दिन लाग्छ । अर्थात् करिब १५ महिनायता विदेशमा उत्पादित इनर्जी ड्रिंक्स एक थोपा पनि आधिकारिक च्यानलबाट आएको छैन ।

विभागका अनुसार आव २०७५र०७६ मा दुई अर्ब ३९ करोडको इनर्जी ड्रिंक्स आयात भएकोमा गत आवमा ५३ करोडको मात्र भित्रिएको छ । यो वर्षको पहिलो ६ महिनामा आयात देखिँदैन । आयातमा प्रतिबन्ध भए पनि अहिले बजारमा विदेशी ब्रान्डका इनर्जी ड्रिंक्स सजिलै किन्न पाइन्छ । १९ महिनाअघि आयातमा प्रतिबन्ध लागिसकेको इनर्जी ड्रिंक्स बजारमा भेटिएको आन्तरिक बजार नियमन गर्ने अख्तियारी पाएको निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र सुवेदी पनि स्विकार्छन् । ‘अहिलेसम्म विदेशी इनर्जी ड्रिंक्स बजारमा भेटिइरहेको रिपोर्ट हामीकहाँ आएको छ,’ महानिर्देशक सुवेदीले नागरिकसँग भने, ‘यस विषयमा सचिवस्तरमै कुरा उठेको छ ।’ यो समाचार आजको नागरिक दैनिकमा छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस