
१६ माघ, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध संघर्षरत नेकपाको प्रचण्ड–माधव समूहले शुक्रबार प्रदेश १ को प्रमुख शहर विराटनगरमा शक्ति प्रदर्शनसहित विरोधसभाको आयोजना गरेको छ । तेस्रो चरणको आन्दोलन अन्र्तगत प्रचण्ड माधव समूहले काठमाडौ बाहिर रुपन्देहीको बुटवलपछि विराटनगरमा प्रदर्शन गर्न लागेको हो ।
विरोधसभा अघि आसपासका क्षेत्रबाट १२ बजे र्याली निकाल्ने र १ बजे विराटनगरको जनआन्दोलन चोकमा सभा सुरु हुने प्रदेश १ का नेता जीवन घिमिरेले जनाकारी दिए । सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाललगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस