
१६ माघ, काठमाडौं । भारतीय काङ्ग्रेसका नेता तथा सांसद एवं लेखक शशि थरुरविरुद्ध राजद्रोहको मुद्दा दर्ता गरिएको छ । उत्तर प्रदेशको नोएडा प्रहरीले गत मंगलबार भएको हिंसामा संलग्न भएको भन्दै थरुरसहित ८ जनाविरुद्ध राजद्रोहको मुद्दा लगाएको हो ।
एक षडयन्त्र गर्दै सुनियोजित ढंगमा दंगा गराएको र हिंसा भड्काएको भन्दै यो मुद्दा दर्ता गरिएको हो । प्रहरीले भारतको गणतन्त्र दिवसमा प्रदर्शनकारीलाई केही स्थानमा प्रदर्शन गर्न अनुमति दिने भनिए पनि लोकसेवकको हत्या गर्ने उद्देश्यले त्यसअघि नै राजधानी दिल्लीमा हिंसा भड्काएको आरोप लगाउँदै थरुरसहित अन्यलाई राजद्रोहको मुद्दा लगाएको हो ।
भारतमा राजद्रोहको मुद्दा लाग्नुलाई निकै गम्भीर रुपमा लिने गरिएको छ ।
प्रतिक्रिया दिनुहोस