१६ माघ, काठमाडौं । नेकपाका केपी शर्मा ओली पक्षीय नेता सुवासचन्द्र नेम्वाङले निर्वाचन आयोगले आधिकारिकता टुङ्गो लगाइसकेको बताएका छन् ।
शुक्रबार आयोगले बोलाएको छलफलमा सहभागी हुन कान्तिपथस्थित कार्यालय पुगेका नेम्वाङले बाहिरिने क्रममा नेकपा विवादमा आयोगले आधिकारिकता टुङ्गो लगाइसकेको भन्दै ओली नेतृत्वको नेकपा नै आधिकारिक भएको दावी गरेका हुन् ।
‘आधिकारिकताको सम्वन्धमा निर्वाचन आयोगले निर्णय गरिसकेको छ । त्यो कुरा हामी सबैलाई सम्झना हुनुपर्छ । त्यही आधिकारिकताको निर्णयको जगमा उभिएर यो सम्पूर्ण प्रकृया अगाडी बढिरहेको छ र बढ्छ’, नेम्वाङको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस