समाचार

बल्खु तरकारी बजारमा अब डिजिटल कारोबार

balkhu tarkari

१६ माघ, काठमाडौं । बल्खु तरकारी बजारमा एनएमबि बैंकको क्यूआर कोड सेवा सुरु भएको छ । तरकारीजन्य वस्तुको कारोबारमा डिजिटल भुक्तानीलाई बढावा दिने उद्देश्यले एनएमबि बैंक सुरु गरेको सो सेवाको उद्घाटन शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका छन् ।

योसँगै अब बल्खु तरकारी बजारमा जाने जुनसुकै ग्राहकले क्यूआर कोडमार्फत् नगदरहित भुक्तानी गर्न सक्नेछन् । सो कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले दुई तरकारी सप्लायर्सलाई सहुलियतपूर्ण ऋणको ‘अफर लेटर’ समेत प्रदान गरेका थिए ।

यो परियोजना नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप डिजिटलाइसनको तर्फ केन्द्रित रही नगद सहितबाट नगद रहित समाज रूपान्तरणको दिशामा उन्मुख छ,’ केसीले भने, ‘वर्तमान परिवेश र सुरक्षाका मापदण्डलाई ध्यान दिँदै आगामी दिनमा सेवाग्राहीलाई नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्दै कृषि तथा सहुलियतपूर्ण कर्जा प्रवाहका थप कार्यक्रम अघि बढाउने छौं ।’

कार्यक्रममा स्थानीय निकायका पदाधिकारी, सुरक्षा निकाय, कुमारी क्लबका सदस्य, स्थानीय कृषि ब्यवसायीको उपस्थिति थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस