समाचार

निर्वाचनलाई कसैले रोक्न सक्दैनः मन्त्री श्रेष्ठ

krishna gopal shrestha

१६ माघ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले घोषणा गरेको निर्वाचनलाई कसैले पनि रोक्न नसक्ने ठोकुवा गरेका छन् ।

काठमाडौं महानगरपालिका–१४ खड्का गाँउमा निर्माण सम्पन्न भएको खानेपानी परियोजना शिलान्यास गर्दै मन्त्री श्रेष्ठले सबै दल आन्दोलनको नाममा घरदैलौ अभियान भन्दै गाउँ गाउँमा चुनाव प्रचारमा लागिसकेको बताए ।

मुलुक चुनावमय भैसकेको उनको दाबी छ । उनले यो सरकारले दर्जनौं गौरबका योजना सम्पन्न गर्दा पनि काम गर्न नसकेको आरोप लगाउनु मुर्खता भएको बताउँदै अधिकांश आयोजना यही सरकारले पूरा गरेको बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस