
१६ माघ, पाल्पा । पाल्पाको रामपुरमा कुलोमा डुबेर शुक्रबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर नगरपालिका-५ मटेरीका योगमाया थापाको १९ महिनाको छोरा प्रतिन थापा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।
उक्त बालक घर अगाडि रहेको कुलोमा शुक्रबार मध्याह्न १२ बजे डुबिरहेको अवस्थामा फेला परेको र आमाले कुलोबाट निकालेर उपचारको लागि रामपुर अस्पतालमा पु¥याचए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए ।
प्रतिक्रिया दिनुहोस