समाचार

ओलीको कदमले मुलुक गृहयुद्धतिर धकेलिँदैछः योगेश भट्टराई

yogesh bhattarai

१६ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमले मुलुक गृहयुद्धतिर धकेलिन लागेको बताएका छन् ।

शुक्रबार मोरङको विराटनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता भट्टराईले ओलीको कदमले मुलुक गृहयुद्ध र द्वन्द्वतिर धकेलिन लागेको बताएका हुन् ।

‘आज केपी ओलीको कदमले मुलुकलाई गृहयुद्ध र द्वन्द्वतिर धकेल्न खोजिदैछ’ नेता भटराईको भनाई छ । उनले नेपालले कुनै गृहयुद्ध वा द्वन्द्व नसहने भन्दै शान्ति र अग्रगमनका लागि ओलीको कदमलाई घुडा टेकाउनुको विकल्प नभएको बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस