
१६ माघ, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभर कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको हो । योसहित नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या २ हजार २५ पुगेको छ ।
त्यस्तै, यो अवभिमा देशभर थप १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ७४५ पुगेको छ भने कोरोनामुक्त हुनेको संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस