समाचार

केपी ओली गणतन्त्रविरोधी हुन् : प्रदीप पौडेल

Pradip paudel

१६ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र विरोधी भएको आरोप लगाएका छन् ।

कांग्रेसको काठमाडौं क्षेत्र नम्बर ६ समितिले रत्नपार्कस्थित शान्ति बाटिकामा आयोजना गरेको विरोधसभामा नेता पौडेलले ओली गणतन्त्र विरोधी भएको बताएका हुन् । ‘केपी ओली गणतन्त्रवादी नेता होइनन्, उनी गणतन्त्रविरोधी नेता हुन्,’ पौडेलले भने ।

उनले राष्ट्रपति र प्रधानमन्त्री संविधानभन्दा माथि बस्‍न खोजेको आरोप लगाउँदै संविधानभन्दा माथि कसैलाई पनि नराख्न राजतन्त्रको अन्त्य गरेर गणतन्त्र ल्याएको बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस