बैँक / वित्त

महालक्ष्मी बैंकको नाफा ३४ करोड ६८ लाख

mahalaxmi bank

१६ माघ, काठमाडौं । महालक्ष्मी विकास बैंकले दोस्रो वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासको विवरण अनुसार ३४ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । बैंकले दोस्रो त्रैमाससम्ममा ३६ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

कर्जामा २८ अर्ब ८९ करोड रुपैयाँ लगानी गरेको विवरणमा उल्लेख छ । पुस मसान्तसम्ममा बैंकका मुख्य सुचकहरु ब्याज आम्दानीमा ६.०५ प्रतिशत र संचालन आम्दानीमा १२.९१ प्रतिशतले बृद्धि भएको हो । १ अर्ब ३२ करोड रुपैयाँ बैंकले जगेडा कोषमा सुरक्षित राखेको छ । बैंकको प्रतिशेयर आम्दानी २२.५८ पैसा र नेटवर्थ १६८.३७ पैसा रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस