समाचार

अराजकता निम्त्याउनेहरु बाहिरिएपछि नेकपा अनुशासित पार्टी बन्यो : प्रधानमन्त्री ओली

kp sharma oli

१६ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु नेतृत्वको नेकपा अनुशासित भएको बताएका छन् । शुक्रबार काठमाडौं महानगर कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपा अनुशासित पार्टी भएको बताएका हुन् ।

विगतमा पार्टीमा अराजकता निम्त्याउनेहरु पार्टीबाट बाहिर भएको भन्दै उनले नेकपा स्पष्ट दृष्टिकोणको साथ सुदृढ, एकतावद्ध र अनुशासित पार्टी बनेको दाबी गरे । प्रधानमन्त्री ओलीले नेकपाले देशलाई गलत बाटोमा जान नदिने पनि प्रतिवद्धता व्यक्त गरे ।

आफ्नो पार्टी विजय यात्रामा अघि बढेको उनको भनाइ छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस