समाचार

देउखुरीलाई रेलको राजधानीको रुपमा चिनाउँछुः मुख्यमन्त्री पोखरेल

shankhar pokhrel

१६ माघ, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश राजधानी देउखुरीमा रेल ल्याउने बताएका छन् । दाङको राप्ती गाउँपालिकामा स्थापना भएको लुम्बिनी प्रदेश पूर्वाधार कार्यालयको शुक्रबार उद्घाटन गर्दै पोखरेलले सो कुरा बताएका हुन् ।

कार्यालयको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेश राजधानी देउखुरीलाई रेलको राजधानीका रुपमा चिनाउने आफ्नो योजना भएको समेत बताए । उनले प्रदेश सरकारले व्यवसायिक क्षेत्रका लागि सबै जग्गामा मास्टर प्लान बनाउने बताए ।

उनले देउखुरी प्रदेशको व्यवस्थित शहर बन्ने, राप्ती नदीमा सिग्नेचर पुल निर्माण हुने, रिफलेटेड हाइड्याम निर्माण हुने बताए । साथै उनले देउखुरीमा दोस्रो फेवातालको विकास गर्ने योजना बनाइएको समेत बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस