
१६ माघ, काठमाडौं । बारबरा फाउन्डेसनले कोरोना महामारीका क्रममा अग्रपंक्तिमा रहेर उत्कृष्ट सेवा गरेका व्यक्ति तथा संस्थालाई ‘बारबरा फाउन्डेसन कोभिड १९ विशिष्ट सम्मान’ प्रदान गरेको छ ।
फाउन्डेसनले शुक्रबार काठमाडौंमा विशेष कार्यक्रम गरी कोभिड महामारीको जोखिमका बेला ज्यान जोखिममा राखेर भूमिका निर्वाह गरेका डाक्टर, नर्स, सुरक्षा निकाय, स्वास्थ्य सहयोगी,पत्रकार र संस्थागत गरि १९ जनालाई सम्मान प्रदान गरेको हो ।
कार्यक्रममा कोरोना महामारीको जोखिमका समयमा जनस्वास्थ्यका विषयमा समाचार तयार पारी सेवा दिएवापत न्यूज एजेन्सी नेपाललाई संस्थागत रुपमा बारबरा फाउन्डेसन कोभिड १९ विशिष्ट सम्मान प्रदान गरिएको छ । पुरस्कारको राशी ५० हजार १ रुपैयाँ रहेको छ ।
त्यसैगरी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत प्राध्यापक डाक्टर सुबास प्रसाद आचार्यलाई १ लाख १ रुपैयाँ सहित सम्मान गरिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका डाक्टर अनुप बास्तोला, कोशी अस्पताल विराटनगरमा कार्यरत डाक्टर डेन प्रसाद आचार्य लाई जनही ६० हजार १ रुपैयाँ सहित सम्मान गरिएको छ ।