समाचार

प्रधानसेनापति थापा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

Randy W Berry

१६ माघ, काठमाडौं । प्रधान सेनापति पूर्णचन्द्र थापा र नेपालका लागि अमेरिकाका राजदूत ¥यान्डी डब्लु बेरीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सैनिक मुख्यालय जङ्गीअड्डामा भएको उक्त भेटमा उनीहरुबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

अमेरिकाले नेपाली सेनालाई प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन कार्यमा संस्थागत क्षमता सुदृढीकरणमा सहयोग पु¥याउदै आएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस