समाचार

सुदूरपश्चिममा प्रचण्ड–नेपाल समूहको आज शक्ति प्रदर्शन, अध्यक्षद्वय धनगढीमा

prachanda press meet

१७ माघ, काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहले आज सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा विरोधसभाको आयोजना गरेको छ । धनगढीको खुलामञ्चमा दिउँसो १२ बजेदेखि  विरोधसभाको आयोजना गर्न लागेको नेकपा सुदूरपश्चिमले जनाएको छ ।

विरोधसभालाई नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । विरोधसभालाई सम्बोधन गर्न नेता नेपाल शुक्रबार धनगढी पुगिसकेका छन् भने प्रचण्ड शनिबार बिहान धनगढी अवतरण भइसकेका छन् ।

यस्तै प्रदेश इन्चार्ज भीम रावलले पनि  विरोधसभालाई सम्बोधन गर्ने नेकपाले जनाएको छ । विरोधसभा सुरु हुनुपूर्व धनगढी चौराहदेखि खुलामञ्चसम्म र्याली समेत निकालिने बताइएको छ । विरोधसभामा ५० हजारको जनसहभागिता हुने  प्रचण्ड–नेपाल समूहको दाबी छ ।

प्रचण्ड–नेपाल समूहले विरोधसभालाई मध्यनजर गरि प्रहरीले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *