१७ माघ, काठमाडौं । कोरोना भाइरसको उद्गम स्थल चीनमा नयाँ संक्रमित भेटिएका छन् । चीनमा शुक्रबार कोरोना भाइरसका ५२ जना नयाँ संक्रमित भेटिएको नेशनल हेल्थ कमिसन शनिबार जानकारी दिएको छ ।
चीनभित्रै पनि संक्रमणका नयाँ घटना भएका ती अधिकारीहरुले जनाएका छन् । शुक्रबार मात्र चीनमा कोरोना भाइरसका ५२ संक्रमितमध्ये ३६ जना चीनभित्रै संक्रमित भएका पाइएको छ । बाँकी १६ जना विदेशबाट आएका नागरिक हुन् ।
स्थानीय नागरिकमै संक्रमण देखिएपछि नेशनल हेल्थ कमिसनले चिन्ता व्यक्त गरेको छ । सोही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तिब्रता दिएको छ । चीनले कोरोना निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच सुरु गरेको छ ।
शुक्रबार भेटिएका संक्रमितमध्ये अधिकांश हुबे प्रान्तका छन् । नयाँ संक्रमतिमध्ये केही हेलिङजाङ, हेइबेइ, संघाइ र बेइजिङका पनि छन् । चीनले विशेषगरी ती क्षेत्रहरुमा निको भएका बिरामीमाथि पनि नजर राख्न र पुनः स्वास्थ्य परीक्षण गर्ने काम केही महिना यतादेखि नै थालेको हो ।