समाचार

नयाँ हवाई प्रवेश मार्गको विषयमा भारतसँग पुनः छलफल

airroot

१८ माघ, काठमाडौं । सरकारले नयाँ हवाई प्रवेश मार्गको विषयमा भारतसँग पुनः छलफल गरेको छ । सरकारले भैरहवा, महेन्द्रनगर, नेपालगन्ज र जनकपुरको आकाश प्रयोग गरी हवाईमार्ग प्रवेशको लागि भारत सरकारसँग छलफल गरेको छ ।

नेपालले पछिल्लो करिब सात वर्षदेखि नयाँ हवाई प्रवेश मार्गको विषयमा भारतसँग छलफल गर्दै आएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको माघको पहिलो साता भएको भारतको भ्रमणको क्रममा नयाँ हवाई रुटका विषयमा छलफल भएको थियो । भारतीय समकक्षीसँग भएको भेटवार्ताको क्रममा नेपालले प्राथमिकताका साथ नयाँ हवाई रुटको एजेन्डाका विषयमा छलफल गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।

‘दुईपक्षीय वार्ताको क्रममा यो विषय पनि उठेको हो । यो हाम्रो  पुरानै एजेन्डा हो। पछिल्लो छलफल सहमतिका लागि वातावरण सहज बनाउने काम भने गर्नेछ’, महानिर्देशक पोखरेलले भने । उनका अनुसार प्राधिकरणले भारतीय निकायसँग नयाँ रुटको विषयमा लामो समयदेखि छलफल गर्दै आएको छ । तर, भारतले हालसम्म यो विषयमा निष्कर्षसहितको निर्णय भने दिन सकेको छैन ।

यसले गर्दा भैरहवा, महेन्द्रनगर, नेपालगन्ज र जनकपुरको आकाश प्रयोग गरी जहाज नेपाल भिœयाउने सरकारको योजना अलपत्र पर्दै आएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस