समाचार

पेट्रोलियम पदार्थ विक्रेताको कमिसन बढ्यो

petrol pump

१८ माघ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्री गर्ने विक्रेतालाई कमिसन बढाएको छ ।

लामो समयदेखि पेट्रोलियम पदार्थ बिक्री गरी दिए बापतको कमिसन बढाउन पेट्रोलियम पदार्थमा कमिसन बढाउन माग गरे पनि निगम भने कमिसन बढाउन सहमत भएको थिएन । बिक्रेताले निगमले पेट्रोलियम पदार्थको कमिसन नबढाए आइतबारदेखि आन्दोलन गर्ने चेतावनी दिएपछि निगमले पट्रोलियम पदार्थ विक्रेताको कमिसन बढाएको हो ।

यसअघि नेपाल पेट्रोलियम डिजर्स राष्ट्रिय एसोसियसनले गत १२ माघमा कमिसन नबढाए आइतबारदेखि आन्दोलनमा जाने भन्दै निगमलाई पत्र बुझाएको थियो । यो समाचार आजको राजधानी दैनिकमा छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस