समाचार

‘श्री ५ को सरकार !’ भनेकोमा मन्त्री थापाले मागे माफी

mani thapa

खानेपानी तथा सरसफाइ मन्त्री मणि थापाले नेपाल सरकारलाई ‘श्री ५ को सरकार !’ भनेकोमा माफी मागेका छन् । भुलवस अन्यथा भएको भन्दै मन्त्री थापाले सो विषयमा सामाजिक सञ्जाल फेसबुकमार्फत माफी मागेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्- ‘शनिबार नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नु पर्नेमा भूलवश अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरु जानकार नै हुनुहुन्छ । आम नेपाली नागरिक, मेरो शुभचिन्तक र नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामा त्यसबारे कुनै द्वविधा नराखिदिनुहुन अनुरोध गर्दछु । मेरो पुरै राजनीतिक जीवन, क्रान्ति र परिवर्तनमा बिताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु। भूलवश ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *