समाचार

माइतीघरको धर्नामा प्रचण्ड र नेपाल सहभागी

prachanda nepal maitighar dharna

१८ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल काठमाडौंस्थित माइतीघरमा धर्नामा सहभागी भएका छन् ।

सो पार्टीका संघीय र प्रदेश सांसदहरु माघ १४ देखि माइतीघर मण्डलामा दैनिक धर्ना दिँदै आएका छन् । पार्टीले प्रतिनिधिसभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन कार्यक्रम अन्तर्गत धर्ना दिँदै आएको हो ।

नियमित धर्नामा रहेका संघीय तथा प्रदेश सांसदहरुलाई साथ दिन आइतबार अध्यक्षद्वय प्रचण्ड र नेपाल सहभागी भएको पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालले जनाएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *