खेलकुद समाचार

क्रिकेट रंगशाला निर्माण सहयोगार्थ ‘स्टार क्रिकेट २०२१’ हुँदै

kalakar cricket

१८ माघ, काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेसन र भरतपुर महानगरपालिकाको सहकार्यमा चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालाको सहयोगार्थ ‘स्टार क्रिकेट २०२१’ हुने भएको छ । गृष्मा ब्रोडकास्टिङको आयोजनामा निर्माणाधीन रंगशालामा आगामी माघ २४ गते क्रिकेट प्रतियोगिता हुन लागेको हो ।

आयोजकका अनुसार नेपाली फिल्म, संगति र खेलकुदका २२–२२ जनाको समूहमा क्रिकेट टिम निर्माण गरिनेछ । जसमा एक टिमको नेतृत्व सीताराम कट्टेल ‘धुर्मुस’ र अर्को टिमको नेतृत्व कुञ्जना घिमिरे ‘सुन्तली’ले गर्नेछन् ।

एक दिवसीय मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा दयाहाङ राई, प्रमोद खरेल, सन्दीप क्षेत्री, दीपक विष्ट, श्रृंखला खतिवडा, बेनिशा हमाल, संगीना वैद्य, प्रशान्त ताम्राकार, पारस खड्का, रवि ओड, ज्ञानेन्द्र मल्ल, विनोद भण्डारीलगायतको समेत सहभागिता रहने छ । २४ माघमा अयोजना हुने खेलबाट उठेको रकम रंगशाला निर्माणमा खर्च गरिने आयोजकले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस