समाचार

स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जना पक्राउ

money

१८ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको कलंकीका आषिश खाती क्षेत्री रहेको प्रहरीले जनाएको छ ।

नेपाल एयरलाइन्सको विमानमार्फत दुबई जान लागेका उनले बोकेको ह्याण्ड ब्याग चेकजाँच गर्दा स्रोत नखुलेको तथा भन्सार उद्घोष नभएको १० लाख रुपैयाँ फेला परेको प्रहरीको भनाइ छ ।

उनलाई आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको विमानस्थल प्रहरीले जानकारी दिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस